Categories: News
      Date: May 28, 2017
     Title: News Article published in Wash khabar

A news report regarding the cycle rally on menstrual health, hygiene and sanitation published on washkhabar.com for the details about the cycle rally
You can visit the link http://washkhabar.com/news/1227




A news report regarding the cycle rally on menstrual health, hygiene and sanitation published on washkhabar.com for the details about the cycle rally
You can visit the link http://washkhabar.com/news/1227

महिनावारीका विषयमा मौनता तोड्न एक्सपोज नेपालको साइकल -याली
Share the post "महिनावारीका विषयमा मौनता तोड्न एक्सपोज नेपालको साइकल -याली"

काठमाडौं १३ जेठ । ‘मौनता तोडौं र महिनावारीको बिषयमा कुरा गरौं’ भन्ने नाराका साथ एक्सपोज नेपालले बृहत साइकल -यालीको आयोजना गरेको छ । मे २८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा -याली निकालिएको हो । -यालीमा करिब दुई सय पचासभन्दा बढी साइकल यात्रीको सहभागिता थियो ।

बसन्तपुरबाट शुरु भई कान्तिपथ, कमलादी, पुतलीसडक, माइतीघर मण्डला, कुपन्डोल हुँदै मंगलबजारमा गएर टुंगिएको -यालीमा ब्यवसायिक र सौखिन साइकल यात्रीदेखि स्टाफ नर्स, ब्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायत सहभागी भएका थिए ।

-यालीका सहभागीले ‘हरेक पुरुष बन्छ जिम्मेवारी जब बोल्छ स्वस्थ महिनावारी’, ‘स्वस्थ महिनावारी हामी सबैको कर्तब्य हो’, ‘स्वस्थ महिनावारी हाम्रो अधिकार हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए ।

महिनावारीका ’boutमा चेतना जगाउनका लागि पुरुषको सहभागितामा अझ जनमानसमा महिनावारी सचेतना फैलाउने उद्देश्यले -याली आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताउनुभयो । सामाजिक अधिकारकर्मीका रुपमा यस वर्षको ओस्कार अवार्ड विजेता एवं गत वर्ष एनपीस अवार्डको मनोनयनमा परेका महर्जनले नेपाली समाजमा महिनावारीलाई पाप होइन यो एक प्राकृतिक प्रक्रिया हो भन्ने सन्देश प्रवाह गर्न पुरुषले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मंगलबजारमा गएर टुंगिएको -यालीमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले महिनावारी हुँदा बढी आराम चाहिने बेलामा गाउँका महिलाले घरधन्दा गर्नु हुँदैन भन्दै घाँस दाउरा र खेतीपाती गर्न पठाइने हुनाले यस्ता खालका जनचेतनामुलक अभियान गाउँगाउँसम्म पुर्याउनुपर्ने बताउनुभयो ।

शहरमा बस्ने महिलाले महिनावारीलाई स्वस्थ र सुरक्षित बनाउनुको साथै यस्तो बेलामा खाना नबारी शरीरलाई आवश्यक पर्ने सम्पूर्ण खाना खान हुने एक्सन अगेन्स्ट हंगरकी प्रतिनिधी कमला केसीले बताउनुभयो । उहाँले महिनावारी हुँदा प्रयोग गरेको प्याडको सही तरिकाले डिस्पोजल र कपडालाई राम्रोसँग धोएर मात्रै प्रयोग गर्ने विषयमा पनि सबैलाई सचेत गराउनुभयो ।

कार्यक्रममा सहभागी साइकलयात्री मध्येका दिपेन्द्र बजाचार्यले र्यालीमा धेरै ब्यवसायिक साइकल यात्रीले समेत सहभागीता जनाएको खुसी ब्यक्त गर्नुभयो । नेपालमा पहिलोपटक भएको एसियन च्याम्पियनसीपमा समेत भाग लिनुभएको बजाचार्यले महिनावारीका विषयमा बोल्न कसैले पनि लाज नमानी आफूले जानेको कुरा सबैलाई बुझाउनुपर्ने बताउनुभयो ।

महिलामाथि हुने यौनदुब्र्यवहारमा काम गर्दै आएको एक्सपोज नेपालले विगत १० वर्षदेखि विशेषगरी शहरी क्षेत्रमा हुने गरेका दुब्र्यवहारलाई कम गराउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपाल साइकल संघको प्राविधिक सहयोगमा भएको -याली¥यालीमा साइकलिङमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त संस्था कोराको पनि समर्थन रहेको थियो ।